आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हार्दिक पाण्ड्या विश्वकपबाट बाहिर, कृष्णाको ईन्ट्री

शनिबार, २३ मङ्सिर २०८०, २२ : २०
शनिबार, २३ मङ्सिर २०८०

मुम्बई । भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्या चोटका कारण विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन् । उनको स्थानमा भारतीय टोलीमा प्रसिद्ध कृष्णालाई स्थान दिइएको छ । 

ईसीसीले शनिबार प्रतियोगिताको इभेन्ट टेक्निकल कमिटीबाट स्वीकृति पाएपछि कृष्णालाई प्लेइङ ग्रुपमा समावेश गरेको हो । यसको मतलब उनी आइतबार दक्षिण अफ्रिकाविरुद्ध हुने खेलमा छनोटका लागि उपलब्ध हुनेछन् ।

हार्दिकले सोसल प्लेटफर्म एक्समा लेख्दै उनलाई यो पचाउनु गाह्रो भएको तर हृदयदेखि टीम इन्डियाको साथ हुने बताएका छन् । बंगलादेशविरुद्ध पुणेमा भएको खेलमा हार्दिक पाण्ड्या घाइते भएका थिए । त्यसयता उनी एनसीएमा पुनर्वासमा व्यस्त थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप