आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा पशुपंक्षीको उपचारका लागि विशेषज्ञ टोली

शनिबार, २३ मङ्सिर २०८०, २२ : ५१
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । सङ्घीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ । भूकम्पबाट प्रभावित पशुपंक्षीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो ।

मन्त्रालयका सचिव डा.रेवतीरवण पौडेलका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा.लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा राकेश प्रजापतिको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ ।

उक्त टोली प्रभावित क्षेत्रका पशुपंक्षीको उपचारमा खटिने छ । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपंक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ ।

शुक्रबार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पबाट पशुपंक्षीसमेत प्रभावित भएकाले कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप