आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कवि शाहको ‘अनुराग’ विमोचन

आइतबार, २४ मङ्सिर २०८०, ०८ : ११
आइतबार, २४ मङ्सिर २०८०

काठमाडाैँ । कवि अनु शहको अनुराग कविता सङ्ग्रहको विमोचन गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, माननीयहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, नायक कृष्ण मल्ल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलगायतले संयुक्त रूपमा सो कृतिको लोकार्पण गरेका थिए । 

कृतिको विमोचनपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओलीले विमोचित कृतिका केही कविता पढेको र सुन्दर लागेको बताए । 

कार्यक्रममा प्रकाशक सूर्य चन्द, पत्रकार ऋषि धमला, कलाकार कृष्ण मल्ल, पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार प्रकाश सायमि, लोकार्पित कृतिकी लेखिका अनु शाहलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।
 
मिलाप मासिक र अनुराधा फिल्मस इन्टरनेसनलको आयोजना भएको सो कार्यक्रम कृतिकार अनु शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । 

मिलाप पत्रिकाका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन सरोज कोइरालाले गरेका थिए । 

कार्यक्रममा अनेसासका पूर्वअध्यक्ष वसन्त श्रेष्ठ, साहित्यकारहरू खेमनाथ दाहाल, सुमन वैरागी पण्डित, अनेसास बोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त, गीतकार अमर वान्तु, कलाकार तथा कृषि अभियन्ता शेखर खनाल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा. डीबी रानापाल, अनुरागका सम्पादक रमेश दाहाल, पत्रकार गीता अधिकारी, निर्देशक माधवराज खरेल, गीतकार सुमन बैरागी, व्यवसायी प्रकाश श्रेष्ठलगायतको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप