आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकाेट भूकम्प

भूकम्पमा ज्यान गुमाएकामध्ये १२० शव आफन्तले बुझे, ३७ शव बुझाउन बाँकी

घाइतेको सङ्ख्या २५४ पुग्यो, भौतिक संरचनामा व्यापक क्षति
आइतबार, २४ मङ्सिर २०८०, ०८ : ४१
आइतबार, २४ मङ्सिर २०८०

जाजरकोट । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । 

भूकम्पमा परी  जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।

त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन् । 

भूकम्पका कारण भौतिक संरचनामा व्यापक क्षति भएको छ । सरकारले पीडितलाई लक्षित गरी विशेष राहत प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप