आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्सनलको अपराजित यात्रामा पूर्णविराम, टेन ह्यागलाई राहत

आइतबार, १६ वैशाख २०८१, १६ : ५१
आइतबार, १६ वैशाख २०८१

लण्डन । विवादास्पद गोलको मद्दतले न्युक्यासलले आर्सनलको प्रिमियर लिगमा अपराजित यात्रामा पूर्णविराम लगाएको छ । एन्थोनी गोर्डनले ६४ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।

तर, गोल विवादरहित बन्न सकेन । उक्त गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोलअघि बल मैदान बाहिर गएको, फल वा अफसाइड भएको जाँच गरेपछि मात्र त्यसलाई मान्यता दिएको थियो । खेलमा रेफ्री स्टुअर्ट अटवेलको विभिन्न निर्णयहरू पनि विवादास्पद बनेको थियो । पराजयपछि आर्सनल ११ खेलबाट २४ अङ्क बटुल्दै तेस्रो स्थानमा खस्किएको छ । न्युक्यासल २० अङ्कसहित छैटौँ स्थानमा छ ।

शनिबार नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले फुलहममाथि सङ्घर्षपूर्ण जीत हासिल गरेको छ । ब्रुनो फर्नान्डेजले इन्जुरी समयमा गोल गर्दै युनाइटेडलाई जीत दिलाए ।

जीतपछि म्यानेजर एरिक टेन ह्यागमाथिको दबाब केही कम भएको छ । ११ खेलबाट युनाइटेडको ११ अङ्क रहेको छ । टोली अङ्क तालिकाको आठौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप