आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

नेपालले पहिलो विकेट गुमायो, आसिफ आउट

मङ्गलबार, ११ वैशाख २०८१, ११ : १४
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख ६ रन बनाएर आउट भएका हुन् । 

बिलाल खानको बलमा आसिफ क्याचआउट भए । नेपालले १ विकेटको क्षतिमा १५ रन बनाएको छ ।

कीतिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप