आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष सुवेदीले लिए शपथ

मङ्गलबार, ११ वैशाख २०८१, ११ : २३
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ ग्रहण गरेका छन् । अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बाबुराम सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । सुवेदीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनी नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव पनि हुन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, कम्पनी सचिव हेमराज खरेल लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप