आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कामना सेवाको १६ वर्ष पुरा : फुटसल कपसहित विभिन्न कार्यक्रम आयोजना

मङ्गलबार, ११ वैशाख २०८१, ११ : २७
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरि १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरू शनिवार सम्पन्न गरेको छ । सो अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको छ । 

पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउँदै उपाधि जितेको छ । त्यसैगरि महिला तर्फको फाइनल खेलमा माछापुच्छ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २–० ले हराउँदै उपाधि जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । 

विजेता तथा उपविजेता टिमलाई बैकको तर्फबाट ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना र एन्फा रेफ्री नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । 

kamana2
त्यस्तै, बैंकको बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको प्रमुख आतिथ्य र नेपाल रक्तदाता संघ, बुटवलका अध्यक्ष दयाबहादुर सिलवालको आतिथ्यमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत सङ्कलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले बताए । 

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोलादेखि धरानसम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्याङ्की निर्माण कार्यको लागि श्रमदान गरिएको हो । उक्त श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको समेत उपस्थिति रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहन दत्त खनालले बताए । 

बैंकले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ । आगामी बिहीवार सम्म बैंकले विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप