आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितको राहतका लागि सहयोग गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

आइतबार, १६ वैशाख २०८१, १२ : ४३
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितलाई राहतको लागि सक्दो सहयोग गर्न सार्वजनिक आव्हान गरेको छ । 

कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ मा जम्मा गर्न आग्रह गरेका छन् । 

विपद्को घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहेका सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यालयले यस किसिमको सहयोगलाई निरन्तरता दिन समेत अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप