नेपाल मेरो मुटुमा हाँस्छ
आइतबार, १६ वैशाख २०८१, १२ : ४६
म देख्छु सपना नयाँ नेपालको
तिम्रो र मेरो सुख र आनन्दको
सीताको पावनता अनि बुद्धदीपको
सधैँ झुल्कने एक नयाँ बिहानीको ।
म देख्छु सपना जीवन्त जिन्दगीको
जहाँ फुल्छ फूल माया र स्नेहको
सबै जिउने यहाँ मुहान होस् पवित्र
देख्छु जिन्दगीको म हरेक रंग रुप ।
नदी र नाला कलकल ध्वनिको
पहाड र कन्दरा सुवास मिठो
चिरचिर चिरचिर आनन्द नादको
सुनी रहुँझैँ त्यो हरियो उप–वनको ।
तन्नेरी मन जुरुक्क हुन्छ
वृक्षको लहरझैँ उन्मुक्त नाच्छ
लता र झाडी पंक्षीको गीत
नेपाल मेरो मुटुमा हाँस्छ ।
बकैया–९, मकवानपुर