आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रमणको ‘घर त लगन खेल’ मा सरोज र आश्माको डान्स

आइतबार, १६ वैशाख २०८१, १२ : ४७
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । गायक रमण रेग्मीको ‘घर त लगन खेल’ गीत सार्वजनिक भएको छ । मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वरमा यसअघि रेकर्ड भएको गीतलाई गायक रेग्मीले अहिले रिमेक भर्सनमा ल्याएका हुन् । गीतको मर्मलाई जीवन्त बनाउन रिमेक गरिएको रेग्मीले बताए । 

गीतमा उदयराज पौडेलको एरेन्ज, शान्त भगत राउतका शब्द छ । गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य छ ।  सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा प्रेमी प्रेमीका बिचको रोमान्स देखाउन खोजिएको छ । उत्सव दाहालको छायांकन र विजेश पौडेलको सम्पादन रहेको भिडियोको कोरियोग्राफी सन्तोषराज वाहकले गरेका हुन् ।

सबिना कुँवर रेग्मी निर्माता रहेको भिडियो निर्माणमा सहकार्य नेपाली स्वामित्वमा स्थापित अष्ट्रेलियन सिटी इन्टरनेशनल कलेज र होम केयरिगं लिभरपुलले गरेका छन् । भिडियो गायक रेग्मीकै अफिसियल च्यानलबाट ल्याइएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप