आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ग्राउन्ड जिरो

रोइरहेको चिउरी : भारतबाट घर आएकै दिन भूकम्प, एकै परिवारका चार जनाको मृत्यु

१३ जनाको सामूहिक दाहसंस्कार
आइतबार, १६ वैशाख २०८१, १२ : ५२
आइतबार, १६ वैशाख २०८१

जाजरकाेट । जाजरकोटकाे नलगाड नगरपालिकाको-१ मा रहेको छ चिउरी । यो बस्तीमा धेरै दलित समुदायको बसोबास रहेको छ ।

शुक्रबार राति जिल्लामा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी यस बस्तीमा मात्र १३ जनाकाे मृत्यु भएको थियो । मृत्यु हुनेमा ४ महिला, ९ पुरुष रहेका छन्। जसमा ५ बालबालिका रहेका छन्।

jajarkot earthquake (4)

स्थानीय हिरा कामी (५०)  शुक्रबार मात्रै भारतबाट घर आएका थिए। सोही रात भूकम्पमा परि उनीसहित श्रीमती, दुई छोरा ( माइलाे र कान्छो) को पनि मृत्यु भयो। उनका जेठा छोरा भारतमै छन् भने सबैभन्दा कान्छी छोरीको अस्पतालमा उपचार भइरहेको छ। उनी भूकम्पमै परेर घाइते भएकी थिइन्।

अर्का स्थानीय भिउसन कुमाईंको सपरिवार नै भूकम्पमा परेर निधन भयो । उनीसँगै श्रीमती र छोराको मृत्यु भएको हो । उनको एक मात्र सन्तान थिए।

स्थानीय दलवीर विटालुकी श्रीमती र छोराको मृत्यु भएको छ । दलिवीर भने परीक्षा दिनमा लागि नेपालगन्ज गएकाले बचे।

jajarkot earthquake (2)

अर्का स्थानीय धनबहादुर महरका ७ वर्षीय छोरा प्रवेश महरकाे पनि मृत्यु  भएको छ। यस्तै स्थानीय दत्त कुमाईंको पनि मृत्यु भयो। उनकी श्रीमती र आमा घाइते भएका छन्। उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ। छोरा भने बाहिर थिए । यस्तै एक जना माइत आएकी महिलाको पनि मृत्यु भएको छ।

शनिबार व्यवस्थापनको अभावका कारण मृतकको दाहसंस्कार हुन सकेन ।  गाउँका अगुवाका रूपमा चिनिने युवा हात्तीराम महरका अनुसार शनिबार नै सबै शवहरू जलाउनका लागि काठको अभाव थियो भने धेरै समय उद्धारमै समय बित्यो।

jajarkot earthquake (1)

आइतबार भने १३ जनाकै‌ सामूहिक दाहसंस्कार गरिएको छ। भेरी नदीमा मृतकको दाहसंस्कार गरिएको छ। यहाँका गम्भीर घाइतेहरूको उपचार भइरहेको छ।

jajarkot earthquake (3)

१८६ घरधुरी सङ्ख्या रहेको यो बस्तीको जनसङ्ख्या करिब साढे ९ सय रहेको छ । घरमा बस्न सकिने अवस्था छैन भने अन्नहरू सबै भत्किएको घरमा पुरिएका छन् । यहाँ राहत आवश्यक छ। तर, अहिलेसम्म राहतको कुनै सामग्रीको व्यवस्थापन‌ हुन सकिरहेको छैन। स्थानीय कलिवान विक भन्छन्, 'बस्न र खानाकै लागि समस्या छ।‌ त्रिपाल छैन। घरभित्र बस्न सकिने अवस्था छैन। हिजाे राति त लास कुर्नमै बित्यो । आज कसरी रात‌ कटाउने हो ?’

अधिकांश घरहरूमा क्षतिग्रस्त अवस्थामा छन्। पाल भएकाहरू पाल हालेर गरामा बसिरहेका छन्।  घर मात्र होइन शौचालय पनि क्षति भएको छ। यस्तै भूकम्पकै कारण पहिरो र सडक अवरुद्ध समेत भएको थियो। यद्यपि अहिले सडक खुलाइएको छ ।

jajarkot earthquake (5)

दाहसंस्कार स्थलमा पुगेका कर्णाली प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले पीडित परिवारको लागि राहतका लागि पहल भइरहेको बताए । शनिबार उद्धारमै समय बितेको र आजदेखि नै वितरणका लागि पहल भइरहेको बताए। बासका लागि त्रिपालको व्यवस्थापन सहित राहत सामाग्रीहरू लोड भइरहेको बताए ।

प्रशासनमा भएको रेकर्ड अनुसार सबैलाई राहत उपलब्ध गराइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप