आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री क्रिकेट हेर्न कीर्तिपुरमा

आइतबार, १६ वैशाख २०८१, १३ : ००
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र ओमनबिचको टी–२० विश्वकप छनौट प्रतियोगिताको फाइनल खेल हेर्न कीर्तिपुर रङ्गशाला पुगेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सकेर प्रधानमन्त्री प्रचण्ड क्रिकेट हेर्न कीर्तिपुर पुगेका हुन् । नेपालले ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो । अहिले ओमनले ब्याटिङ गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप