आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

आइतबार, १६ वैशाख २०८१, १३ : ०५
आइतबार, १६ वैशाख २०८१

कलैया। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित बरियारपुर रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  

योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् । 
 सो क्रममा मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । 

 कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली, लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको उपस्थिति रहेका थियो । 
हाल बैंकले २६१ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप