आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई राप्रपाले २५ लाख दिने

आइतबार, १६ वैशाख २०८१, १३ : २३
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्प प्रभावितहरूलाई सहयोग गर्न २५ लाख रकम सरकारलाई दिने भएको छ । आइतबार बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलबसहित पार्टीका तर्फबाट २५ लाख रकम सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

साथै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोटका लागि सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको छ । गत शुक्रवार राती जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण १५७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका छन् ।

rpp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप