आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय बैंकले सोमबार २१ अर्बको ट्रेजरी बोलकबोल गर्ने

आइतबार, १६ वैशाख २०८१, १४ : ०४
आइतबार, १६ वैशाख २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले कात्तिक २१ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

तथापि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको केन्द्रीय बैंकले १८२ दिनेका लागि ९ अर्ब रुपैयाँ नवीकरण गरिने जनाएको छ । 
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । 

यसअघि केन्द्रीय बैंकले कात्तिक १३ गते १७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप