आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते

आइतबार, १६ वैशाख २०८१, १४ : ४०
आइतबार, १६ वैशाख २०८१

बुटवल । पाल्पाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ज १९७० नम्बरको ट्याक्सी घुम्तीमा अनियन्त्रित भई सडक छेउमा रोकी राखेको ग १ त ५२५० नम्बरको ट्याक्टरमा ठोकिन गई दुर्घटना भएको  प्रहरीले  जनाएको छ ।  

घटनामा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरूमा चालक पोखरा उप–महानगरपालिका –१५ का ३८ वर्षीय सुरेश, ट्याक्सीमा सवार सोही ठाउँका ७४ वर्षीय धन बहादुर गुरुङ, ७० वर्षीय गङ्गा गुरुङ,४० वर्षीय विनोद गुरुङ, बुटवल उप–महानगरपालिका –१० रामनगरका ७२  वर्षीय भीम बहादुर गुरुङ रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि युुनाइटेड मिसन अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप