आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बक्स अफिसमा दुई दिन पनि टिकेन राज कुन्द्राको यूटी६९

आइतबार, १६ वैशाख २०८१, १४ : ४३
आइतबार, १६ वैशाख २०८१

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको बलिउड डेब्यू असफल साबित भएको छ । उनको फिल्म युटी६९ लाई दर्शकहरूले मन पराएनन् । यो फिल्मले लाखमा मात्रै कमाई गर्न सकेको छ । पहिलो दिन फिल्मको कलेक्शन १० लाख रुपैयाँ थियो ।

शुरुआती आकडा अनुसार दोस्रो दिन फिल्मले १५ लाख रुपैयाँको व्यापार गरेको छ । अर्थात् २ दिनमा फिल्मले जम्मा २५ लाख कमाएको छ । यो फिल्म प्रोनोग्राफी मामिलामा कुन्द्रा जेल गएपछिको उनको अनुभवमा आधारित छ ।

यस फिल्मबाट उनले बलिउड अभिनेत्री शिल्को पतिको रुपमा आफ्नो छवि सुधार्न खोजेका थिए । यो फिल्मको घोषणा भएयता नै फिल्मले निकै चर्चा बटुलेको थियो । तर यसले फिल्म हलसम्म भने दर्शक तान्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप