आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४७ वर्षको उमेरमा बिहे गर्दै रणदीप ह्ड्डा

आइतबार, १६ वैशाख २०८१, १४ : ४९
आइतबार, १६ वैशाख २०८१

मुम्बई । बलिउड अभिनेता रणदीप हुड्डा बिहे गर्दैछन् । लामो समयदेखिको प्रेमिका लिन लैशरामसँग उनले बिहे गर्न लागेको चर्चा चलिरहेको छ । यो महीनाको अन्त्यमा दुबै बिहेबन्धनमा बाँधिने तयारीमा रहेको भन्दै भारतीय सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।

बिहे गोप्य तरिकाले हुने र बेहुला बेहुलीका परिवारका सदस्य र साथीभाई मात्रै सहभागी हुने बताइएको छ । हुड्डा ४७ वर्षका भए । लामो समयदेखि यिनले ३७ वर्षकी लिनसँग डेटिङ गरिरहेका छन् । तर अहिलेसम्म दुवैले आफ्नो सम्बन्धबारे खुलेर बोलेका छैनन् । गएको वर्षयता दुवैले आ–आफ्नो सामाजिक सञ्जालमा एक अर्काको साथमा फोटोहरु शेयर गर्ने क्रम बढेको छ ।

हुड्डा अहिले वीर सावरकर नामक फिल्मबाट निर्देशनमा डेब्यु गर्ने तयारी गरिरहेका छन् । यो फिल्मको मुख्य भूमिकामा पनि उनी रहनेछन् । लिनले भने ओम शान्ति ओम, म्यारी कोम, रंगुन आदि फिल्म खेलेकी छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप