आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से २१ अंकले घट्यो, ९७ करोडको कारोबार

आइतबार, २४ मङ्सिर २०८०, १५ : २९
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.४६ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६ अंकमा आइपुगेको हो ।

परिसूचक २१ अंकले घट्दा आज ९७ करोड २३ लाख रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेपनि ३५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज एनआईसी एसिया लघुवित्त संस्था लिमिटेडको सेयर मूल्य ६.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । परिसूचक २१ अंकले घट्दा होटेल र टुरिजम समूहको सूचक १८ अंकले बढ्नुबाहेक सबै समूहको सूचक घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप