आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईँलाई साइबर ब्यूरोको सोधपुछ

आइतबार, २४ मङ्सिर २०८०, १६ : ४९
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ‘सोधपुछ’ गरेको छ । 

भोटाहिटीस्थित ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको ब्यूरोको एसपी पशुपति रायले रातोपाटीलाई बताए । उनले भने,‘उहाँ आउनुभएको थियो, हामीले आवश्यक सोधपुछ गरेका छौँ ।’ 

सामाजिक  संजालमा प्रमाण बिना प्रसाईँले बोलेका विषयमा अनुसन्धान अधिकृतहरुले प्रसाईँसँग सोधपुछ गरेका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘आवश्यक अनुसन्धानपछि उहाँ जानुभएको छ ।’ सामाजिक संजालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्यूरोमा उजुरी दर्ता भएको प्रहरीको भनाई छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप