आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो

आइतबार, २४ मङ्सिर २०८०, १५ : ४८
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । आज (आइतबार)का लागि बोलाइएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोली (सोमबार) बस्नेगरी सरेको छ । 

गृहकार्य नपुगेको भन्दै आइतबारका लागि निर्धारित बैठक सोमबार बस्नेगरी सरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

‘छलफलका विषयहरु महत्त्वपूर्ण भएको र गृहकार्य अपुग भएकाले सोमबार बिहान साढे ८ बजे पार्टी कार्यालयमा बस्नेगरी मिति सरेको छ’, प्रमुख खतिवडाको भनाइ छ । 

बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारवाहीबारे छलफल हुने नेताहरुले बताएका छन् । 

त्यसबाहेक अन्तरपार्टी निर्देशन (अपानी–११) का बारेमा समेत छलफल गर्ने नेताहरुको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप