आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१७ सयको मोबाइल चोरी, २ हजार जरिवाना तिर्न नसकेपछि जेल चलान

आइतबार, २४ मङ्सिर २०८०, १८ : ५१
आइतबार, २४ मङ्सिर २०८०

पोखरा । जम्मा १ हजार ७ सय मूल्य पर्ने मोबाइल चोरी । सुन्दा सामान्य लागेपनि चोरीपछिको घटनाक्रम भने निकै अनौठो लाग्छ । यति सानो मोबाइल चोर्दा पनि जेल चलान ? हो, कास्की जिल्ला अदालतले १७ सय रुपैयाँको मोबाइल चोरी गर्ने एक जनालाई जेल चलान गरिदिएको छ । 

पोखरा ९ नयाँबजारबाट रेडमी कम्पनीको मोबाइल चोरी गरेका अन्नपूर्ण गाउँपालिका ७ घर भई पोखरा ९ बस्ने २३ वर्षका दीपेश श्रेष्ठ जेल चलान भएका छन् । उनी गत असोज २५ गते पक्राउ परेका थिए । त्यसपछि उनीविरुद्ध जिल्ला अदालतमा कात्तिक १७ गते अभियोगपत्र पेश गरिएको थियो । 

कास्की अदालतले उनीविरुद्ध २२ दिन कैद र २ हजार जरिवाना तथा १ हजार ७ सय २० रुपैयाँको बिगो फैसला गरिदियो । उनले २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने भयो । उनी पक्राउपछि अनुसन्धानकै क्रममा २२ दिन बिताए । जेलको सजाए उपरको समय बिताए पनि उनी बिगो र जरिवाना तिर्न नसकेपछि पुनः जेल गएका छन् । 

उनले जरिवाना बापतको रकम तिर्न नसकेका कारण ७ दिन जेल चलान गरिएको हो । उनले जेल बसेबापत प्रत्येक दिन ३ सय रुपैयाँ कट्टा हुन्छ । दीपेशलाई वडा प्रहरी कार्यालय बैदामले अदालतमा पेस गरेको कार्यालय प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप