आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता, अमेरिकी विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

आइतबार, २४ मङ्सिर २०८०, २० : २१
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद स्वदेश फिर्ता भएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १२ गते अमेरिका भ्रमणमा निस्किएका थिए ।

अमेरिकाको भ्रमणको क्रममा मन्त्री साउदले समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । विदेशमन्त्रीसँगको भेटका क्रममा नेपाल‒अमेरिका द्विपक्षीय सम्बन्धका विषयहरु तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा विचार आदान प्रदान भएको थियो ।

दुवै पक्षले आपसी हितका विषयहरुमा सहकार्यलाई थप विस्तार र घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा आफूले नेपालको विकास प्राथमिकताका विषयहरुमा जानकारी गराउँदै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापार लगायतका क्षेत्रहरुमा सहयोग बढाउन आग्रह गरेको मन्त्री साउदले बताए ।

त्यस्तै नेपालको लागि निर्यात योग्य गार्मेन्ट, फुटवेयर र फार्मास्युटिकल वस्तुहरु थप गर्दै जीपीएस सुविधा र Nepal Trade Preference Programme (NTPP) को विस्तार र पुनःअनुमतिको लागि समेत अनुरोध गरेको बताए ।

अमेरिका भ्रमण निकै उपलब्धीमुलुक रहेको मन्त्री साउदले बताए । भेटका क्रममा अमेरिकी विदेश मन्त्रीले नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्नमा भएको प्रगतिलाई प्रशंसा गरे । नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको बताए । नेपालको विकास प्रयत्नमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने अमेरिकी विदेशमन्त्रीले आश्वस्त पारेका थिए ।

अमेरिकाबाट नेपालमा लामो समयदेखि उच्चस्तरीय भ्रमण नभएको विषय उल्लेख गर्दै आफूले अमेरिकी विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए ।

1234 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप