आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, २४ मङ्सिर २०८०, २० : ५०
आइतबार, २४ मङ्सिर २०८०

आज २०८० कार्तिक १९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणको प्रतीक्षा, ओमानसँग सुपर ओभरमा पराजित हुँदै उपाधिबाट चुक्यो नेपाल, कांग्रेसले सार्यो महासमिति बैठक, टीआरसी विधेयकमा दलहरुबिच सहमति जुटेको दाबी, मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साइबर ब्यूरोको सोधपुछ, जम्बो टोलीसहित माधवकुमार नेपाल चीन जाँदै, भूकम्प पीडितलाई आर्थिक सहयोग गर्दै दलहरु लगायत छन् ।

१. भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणको प्रतीक्षा

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा उद्धारको काम लगभग सकिएको छ । भूकम्प प्रभावितहरु यतिबेला राहत र पुनर्निर्माणको प्रतीक्षामा छन् ।

टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको रोमाञ्चक फाइनल खेलमा नेपाललाई ‘सुपर ओभर’ मा हराउँदै ओमानले उपाधि जितेको हो ।

३. कांग्रेसले सार्यो महासमिति बैठक

नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

४. टीआरसी विधेयकमा दलहरुबिच सहमति जुटेको दाबी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको चारदिने नेपाल भ्रमणपछि संक्रमणकालीन न्यायसम्बन्धी विषय टुङ्ग्याउन दलहरू दबाबमा देखिएका छन् । दसैँ, तिहार र छठको उपलक्ष्यमा कांग्रेस, एमालेले गरेको चियापानमा शीर्ष नेताहरूको अभिव्यक्तिले पनि शान्ति प्रक्रिया टुङ्ग्याने विषयमा सहमति नजिक रहेको अनुभूति गर्न सकिन्छ ।

५. मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साइबर ब्यूरोको सोधपुछ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ‘सोधपुछ’ गरेको छ । भोटाहिटीस्थित ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको ब्यूरोको एसपी पशुपति रायले रातोपाटीलाई बताए ।

६. जम्बो टोलीसहित माधवकुमार नेपाल चीन जाँदै

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा अध्यक्ष नेपाल उपाध्यक्ष तथा कृषिमन्त्री डा. बेदुराम भुसालसहित १५ सदस्यीय टोलीको नेतृत्व गर्दै कात्तिक २१ गते मंगलबार चीनको राजधानी बेइजिङतर्फ जान लागेका हुन् ।

७. भूकम्प पीडितलाई आर्थिक सहयोग गर्दै दलहरु

गत शुक्रबार गएको भूकम्पबाट पीडित भएकाहरुलाई विभिन्न राजनीतिक दलले आर्थिक सहयोग गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

८. २१ अंकले घट्यो नेप्से

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.४६ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६ अंकमा आइपुगेको हो ।

९. दीपावलीका लागि पाला बनाउन कुमाललाई भ्याइ नभ्याई

आउँदै गरेको तिहार र छठलाई लक्षित गर्दै मोरङको रङ्गेली र सुनवर्षीका कुमाल समुदायलाई माटोका सामग्री बनाउन भ्याइ नभ्याई छ । लक्ष्मीपूजा र छठमा बढी प्रयोग हुने दियो, कलश, पाला, ढक्ना जस्ता सामग्री बनाउन उनीहरू व्यस्त बनेका हुन् ।

१०. माथिल्लो मुस्ताङ रित्तिँदै

लोमन्थाङ मुस्ताङभित्रको प्रमुख पर्यटकीय आकर्षण हो । यहाँको भूगोल मात्रै होइन, कला–संस्कृति पनि हेर्न लायक छ । तर पछिल्लो समय यहाँ बस्नेहरुको संख्या घट्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप