आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आठबीसकोटमा भूकम्पपीडितले पाए राहत

आइतबार, २४ मङ्सिर २०८०, २२ : १३
आइतबार, २४ मङ्सिर २०८०

त्रिवेणी । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन् । नगरपालिकाले आज भूकम्प प्रभावित क्षेत्रको विभिन्न ठाउँमा राहत सामग्री वितरण गरेको हो ।

मृत्यु भएका २०  घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका  ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको आठबीसकोट नगरपालिका  जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार मृतकका प्रत्येक घरपरिवारलाई दुई बोरा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, चाउचाउ  बस्नको लागि टेन्ट उपलब्ध गराएको हो । अन्य पूर्णरुपमा घर क्षति भएका ५० घर परिवालाई दाल, चामल, नुन, तेल र त्रिपाल वितरण गरिएको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहाले जानकारी दिए ।

नगरपालिकाको  प्रभावित क्षेत्रमा पुगेर आज ७० बोरा चामल, दुई क्वीन्टल दाल, नुन, तेल लगायत विभिन्न खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । नगरपालिकाको ९, १० र १२ नम्बर वडाका केही ठाउँमा पीडितलाई राहत वितरण गर्न  बाँकी रहेको छ । 

आज नगरपालिकाको ११ , १३ र  १४ नम्बर वडाका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिए । बाँकी रहेको क्षेत्रमा भोलि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा विभिन्न सङ्घ संस्थाबाट खाद्यान्न तथा राहत सामग्री आउने क्रम जारी छ  ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर  शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको  छ । रुकुम पश्चिममा भौतिक संरचनामा पुर्याएको क्षतिको विवरण भने अझै आइसकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप