आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोट भूकम्प : २१३ वटा विद्यालयका भवनमा क्षति

सोमबार, १७ वैशाख २०८१, ०७ : ४६
सोमबार, १७ वैशाख २०८१

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयमा क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

यस्तै ३६६ वटा कक्षाकोठाहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षा कोठाहरुमा आंशिक रुपमा क्षति भएको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पूर्णरुपमा ध्वस्त भएका छन् । 

यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रहरीको तथ्यांक छ । प्राप्त विवरण अनुसार भूकम्पमा परी एक जना शिक्षक, ११ जना विद्यार्थीको मृत्यु भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थी घाइते भएका छन् । यो विवरण सङ्कलन हुने क्रम भने जारी नै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप