आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीबाट एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाइने

सोमबार, १७ वैशाख २०८१, ०८ : ०३
सोमबार, १७ वैशाख २०८१

बुटवल । जिल्ला प्रशासक कार्यालय रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन निर्देशन दिएको छ ।  आइतबार बसेको  जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले रुपन्देहीबाट  जाजरकोट र रुकुममा पठाउने राहत साम्रागीहरु एकद्धार प्रणालीबाट पठाउने निर्णय गरेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सामाजिक सङ्घ संस्था, व्यक्ति र क्लबहरूले पठाउने राहत सामग्री पालिका आउने र पालिकाले  प्रशासक अनुमितमा सवारी साधनको पास पाउने रातोपाटीलाई बताए । 
एकल रुपमा पठाउँदा खर्च धेरै हुने र राहत  सङ्कलन गरेको पनि स्पष्ट नहुने भएको भन्दै रुपन्देही प्रशासनले एकद्धार प्रणालीबाट पठाउने  निर्णय लिएको उनको भनाइ छ।

उनले आजको बैठकको निर्णय अनुसार२ वटा ट्रकहरू राहत सामग्री लिएर जाजरकोट र रुकुम पश्चिमसम्म तर्फ गएको बताए । हाललाई स्वधीत स्थानीय तहको अगुवाइ र संयोजकमा कम्मल ,म्याटे«स लत्ता कपडा यस्तै खाद्यजन्यमा  दाल, चामल ,तेल आलु चिनी आदि सङ्कलन गर्नको लागि औपचारिक संयन्त्रको व्यवस्था मिलाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप