आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको मधेस राष्ट्रिय समिति पुनर्गठन

सोमबार, १७ वैशाख २०८१, ०९ : २९
सोमबार, १७ वैशाख २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस राष्ट्रिय समिति पुनर्गठन भएको छ । बिराटनगरमा आयोजित विस्तारित बैठकबाट तुलसीप्रसाद राजवंशीको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा राकेश मेहता, बाबुप्रसाद यादव, मुख्यसचिव दिलिपचन साहु, सचिव अशोक गुरुङ र कोषाध्यक्षमा प्रीति झा चयन भएका छन् । जसपाले झापा, मोरङ र सुनसरी जिल्लाको मधेस राष्ट्रिय समिति हुने व्यवस्था छ ।

समितिका पूर्व अध्यक्ष जयराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय कार्यकारिणी समिति रकम चेम्जोङ, राजनीतिक समिति सदस्य रामबिलास यादव, सञ्जय सिंह, पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खालगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप