आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा मृत्यु हुनेको संख्या घट्यो !

कुल मृत्यु १०१ जना
सोमबार, १७ वैशाख २०८१, १० : २२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेहरूको संख्या घटेको छ । यसअघि १०५ जनाको मृत्यु भएको भनिए पनि मृतक संख्या १०१ जना यकिन भएको छ । नलगाड नगरपालिकामा घर भएर भेरी नगरपालिका स्थित खलंगा बजारमा मृत्यु भएकाहरूको नाम दोहोरो परेको हुनाले संख्या कम भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु खलङ्गामा भएपनि नलगाड नगरपालिकाले पनि मृतकको सूचीमा उनको नाम राखेको पाइएको छ । 

चार जना मृतकको नाम दोहोरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । जाजरकोटमा अहिलेसम्म १०१ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरूको जिल्ला अस्पताल जाजरकोटमा पोस्टमार्टम गरिएको छ । मृतक ९५ जनाको शव आफन्तहरूलाई बुझाएको र ६ जनाको शव जाजरकोट अस्पतालमा रहेको डिएसपी रोकाले जानकारी दिए । ६ जना मृतकका परिवारका सदस्य वैदेशिक रोजगारीबाट फर्कँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप