आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

श्रीलंकाले अस्ट्रेलिया र वेस्ट इन्डिजसँग वाकओभर पाएको विश्वकप

सोमबार, १७ वैशाख २०८१, १० : ३६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । सन् १९९६ को एकदिवसीय विश्वकप भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए । त्यो विश्वकपमा श्रीलंका, अस्ट्रेलिया र वेस्ट इन्डिज एउटै समूहमा परेका थिए । 

अस्ट्रेलिया र वेस्ट इन्डिजले समूहगत चरणमा श्रीलंकाविरुद्धको खेल उसैको घरेलु मैदानमा खेल्नु पर्ने थियो । तर, अन्तिम समयमा आएर अस्ट्रेलिया र वेस्ट इन्डिजले सुरक्षाको कारण देखाउँदै श्रीलंकामा खेल्न मानेनन् । यी दुई राष्ट्रले आफ्नो खेल श्रीलंकाबाट अन्यत्र सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग माग पनि गरेका थिए । तर, आईसीसीले उनीहरूको माग अस्वीकार गर्‍यो । 

त्यसपछि अस्ट्रेलिया र वेस्ट इन्डिज समूहगत चरणको खेल खेल्न श्रीलंका गएनन् । सोही कारणले समूहगत चरणमा श्रीलंकाले दुवै खेलमा वाकओभर पायो । यसरी आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा समूहगत चरणको दुई खेलमा वाकओभर पाउने श्रीलंका एकमात्र टोली बन्न पुग्यो । 

सोही कारणले श्रीलंका आफ्नो समूहमा पहिलो हुँदै अर्को चरणमा पुग्न सफल भयो । यद्यपि, श्रीलंकासँगै अस्ट्रेलिया र वेस्ट इन्डिज पनि उक्त विश्वकपको नकआउट चरणमा पुग्न सफल भएका थिए । त्यो विश्वकपको फाइनलमा श्रीलंकाले अस्ट्रेलियालाई सात विकेटले हराएको थियो । फाइनल खेल भने लाहोरमा खेलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप