आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोकगायिका तीर्थकुमारीको एकल सांगीतिक साँझ हुने

सोमबार, १७ वैशाख २०८१, ११ : १७
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । वरिष्ठ लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ आयोजना हुने भएको छ । आगामी मंसिर ८ गते राष्ट्रिय नाचघरमा आयोजना हुने एकल साँझ अन्नपूर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको हो । 

आयोजक अर्केस्टाले राजधानीमा एक कार्यक्रमकाबीच एकल साँझको जानकारी गराएको हो । साँझको  काठमाडौँ प्रज्ञाकुञ्ज स्कुल र तुलसीभक्त कन्ट्रक्सन प्रा.लि. सह–आयोजक रहेको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ ले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

५ दशक बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर क्रियासिल गायिका थापाका ‘म त खाँदिन कुवाँको पानी हो’, ‘ढुङ्गे बगर माया’, ‘झम्के फूली नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जादो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाई हो’ लगायतका थुप्रै गीत लोकप्रिय छन् ।  गायिका थापाले एकल साँझमा आफ्ना नयाँ र पुराना गरेर चर्चित २ दर्जन गीत प्रस्तुत गर्ने बताइन् । 

गायिका थापाको छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए । ‘आमाको सपना एकल साँझ गर्ने थियो । यसलाई पुरा गर्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सक्दिन’ उनले थपे, ‘कार्यक्रममा आमासँग युगल गायनका लागि पुराना गायक नै प्रस्तुत गर्नेछौँ ।’

२०२८ मा रेडियो नेपालबाट गायन र संगीत यात्रा सुरु गरेकी गायिका थापाको हालसम्म एक हजार भन्दा बढी गीतहरु रेकर्ड छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप