आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रशंसा बटुल्दै मेनुका

सोमबार, १७ वैशाख २०८१, ११ : ५०
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो छ । अहिले इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी उनले सबैको मन जित्न सफल भएकी छन् ।  गत शनिवार बेलुका उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद निस्का’ गाएकी थिइन् । जसलाई सबैले तारिफ गरेका थिए ।

मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरू श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । प्रस्तुति सकिएपछि उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिएका थिए । 

कार्यक्रममा स्टेजमा पुगेर महेशले मेनुकालाई अँगालो हाले र टाउकोमा चुम्बन समेत गरेका थिए । त्यसपछि प्रशंसा गर्दै भने, ‘मलाई आज यकिन भएको छ । एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईँले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन ।’

पौडेलको गायनको प्रतियोगितामा जर्जका अलवा सामाजिक सञ्जालमा पनि हुने गरेको छ ।

पौडेलको अहिले प्रतियोगितामा अन्तिम १५ को प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगिताको सुरुमै गोल्डेन माइक जितेर उनले चौतर्फी पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप