आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भीजी फाउन्डेसनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

सोमबार, १७ वैशाख २०८१, १३ : १९
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पीडितहरूका लागि सहयोगार्थ स्वरूप भीजी फाउन्डेसनले २१ लाख प्रदान गर्ने घोषणा गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिनेछ ।

भूकम्पले पुर्‍याएको मानवीय तथा संरचनागत क्षतिले अत्यन्त मर्माहत तुल्याएका बताउँदै फाउन्डेसनले यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरू सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप