आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युरोसहित एक जना विमानस्थलबाट पक्राउ

सोमबार, १७ वैशाख २०८१, १३ : ३३
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । अवैध रूपमा बाह्य मुलुक लैजान लागेरको युरो ८ हजार २ सय ३० सहित नेपाली मूलका नेदरल्याण्ड्स नागरिक ३५ वर्षीय जोग गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट युरो ५ सय दरको ४ थान,  २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप