आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भि.जि.फाउन्डेशनले भूकम्प पीडितलाई २१ लाख सहयोग गर्ने

सोमबार, १७ वैशाख २०८१, १३ : ५४
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । शुक्रबार मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पुर्‍याएको मानवीय तथा संरचनागत क्षतिले मर्माहित तुल्याएको विशाल ग्रुप अन्तर्गतको भि.जि. फाउन्डेशनले जनाएको छ । 
फाउन्डेशनले भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । 

साथै घाईतेहरु सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस फाउन्डेशनले प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा सोमबार विज्ञप्तिमार्फत गरेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप