आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दिल्लीमा जोर–बिजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालन हुने

सोमबार, १७ वैशाख २०८१, १४ : २५
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा सवारी साधन सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागु गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालको अध्यक्षतामा बसेको बैठकले पछिल्ला दिनमा बढ्दै गएको प्रदूषण नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।

बैठकपछि पर्यावरणमन्त्री गोपाल रायले दिएको जानकारी अनुसार राजधानी दिल्लीमा १३ देखि २० नोभेम्बरसम्म सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरिने छ । जसअनुसार जोर तारिखको दिन जोर नम्बर भएका सवारी साधन र बिजोर तारिखका दिन बिजोर नम्भर भएका सवारी साधन सञ्चालन हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप