आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल बनेपछि भड्किए बीग बी

सोमबार, १७ वैशाख २०८१, १४ : ३०
सोमबार, १७ वैशाख २०८१

मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सोमबार सो डिपफेक भिडियो बाहिरिएको थियो । 

यसमा रश्मिका जस्तै देखिने एउटी युवति डीप नेक भएको कालो पोशाकमा लिफ्टमा चढेको देखाइन्छ ।

भिडियोमा लिफ्टमा छिर्दै गर्दा त्यसमा भएकी युवतिको अनुहार रश्मिकाको अनुहारमा बदलिएको देखिन्छ । यो भिडियो तुरुन्तै भाइरल बन्यो । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यो भिडियो डिपफेक भएको बताइरहेका छन् । 

भिडियो डिपफेक भएको पुष्टि सोही पोष्टमा एक जना युजरले कमेन्ट गरेका थिए । रश्मिकाको डिपफेक भिडियो भाइरल बनेपछि बलिउडका शहन्शा अभिताभ बच्चन भड्किएका थिए ।

सो भिडियोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले कानुनी कारबाहीको माग गरेका छन् । अभिताभले एक जना एक्स प्रयोगकर्ताको पोष्टलाई रिट्विट गर्दै यस्तो घटनाविरुद्ध कानुनी कारबाही गर्न आग्रह गरेका छन् । 

उनले भारतमा डीपफेक नियन्त्रण गर्न तत्कालै कानुनी र नियामक ढाँचाको खाँचो रहेको औँल्याए । रश्मिका र अभिताभ बच्चनले गुडबायमा सँगै काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप