आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेसमा तय भएको रास्वपाको संयुक्त बैठक स्थगित

सोमबार, १७ वैशाख २०८१, १४ : ३९
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।

यही कात्तिक २२ र २३ गते मधेस प्रदेशमा बस्ने गरी तय भएको संयुक्त बैठक स्थगित भएको रास्वपाका उपसभापति डीपी अर्यालले बताए । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र भई गएको भूकम्पका कारण बैठक स्थगित गरिएको उनको भनाइ छ । 

पार्टीको राजनीतिक, वैचारिक दस्ताबेजमाथि विचार विमर्श र प्रथम महाधिवेशनको मिति तय गर्ने बैठकको एजेन्डा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप