आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भावनात्मक रुपमा कत्तिको सुरक्षित छ तपाईंको सम्बन्ध ?

सोमबार, १७ वैशाख २०८१, १५ : १६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । कहिलेकाहीँ आफ्नो मनमा उत्पन्न भावनाहरु बताउन निकै गाह्रो हुन्छ । झन् आफ्नो श्रीमान्/श्रीमती वा पार्टनरलाई भन्नु पर्‍यो भने कस्तो अप्ठ्यारो महसुस हुन्छ । 

चाहे बिहे होस् वा प्रेमी प्रेमिका हरेक सम्बन्धलाई बलियो बनाउन माया मात्रै पर्याप्त हुन्न । अन्य कुरा पनि चाहिन्छ । आफ्नो सम्बन्ध इमोशनली कत्तिको बलियो छ भन्ने थाहा हुन जरुरी छ । हरेकले आफ्नो सम्बन्धमा माया, प्रेम मात्रै होइन रिस, पीडा, आशा, अपेक्षा सबै भावनाहरु व्यक्त गर्न सक्नुपर्छ ।

पार्टनर तपाईंका कुरा सुन्ने मात्रै होइन बुझ्ने पनि हुनुपर्छ । तपाईंले पनि आफ्नो पार्टनरको कुरा शान्तिपूर्वक सुनेर बुझ्ने कोसिस गर्नु पर्छ, बुझ्नु पर्छ । यी सबै कुराहरुले सम्बन्धलाई बलियो बनाउँछ । सधैँ दोधारमा रहने, आफ्नो भावनाहरु व्यक्ति नगर्ने गरेर तपाईंले आफ्नो सम्बन्ध बिगारिरहनु भएको हुन सक्छ । यस्तो खालको सम्बन्धको उमेर निकै कम हुन्छ । सजिलैसँग टुट्न सक्छ ।

तपाईंको सम्बन्ध इमोशनली सुरक्षित छ कि छैन ? यसका केही संकेतहरु यस प्रकार छन्:

संवेदनशील हुनु:

भावनात्मक रुपमा सुरक्षित सम्बन्धको एउटा संकेत यही हो कि तपाई र तपाईंको पार्टनर कुनै पनि मुद्दामा एक अर्कासँग कुराकानी गर्न सक्नु हुन्छ । तपाईंहरूले दुबैले एक अर्कालाई सुरक्षित महसुस गराउनु हुन्छ अनि बिना कुनै डर आफ्नो कुरा एक अर्का सामुन्ने राख्न सक्नु हुन्छ ।

भावना प्रकट गर्ने:

कुनै कुनै सम्बन्धमा भावना व्यक्त गर्न कठिन हुन सक्छ । तर यसलाई लुकाउने वा छोप्ने झनै खतरनाक साबित हुन सक्छ । तपाईंले आफ्ना भावनाहरु आफ्नो पार्टनरलाई भन्नु नै भएन भने उसले जान्ने मौका कसरी पाउँछ ? तपाईंलाई कसरी बुझ्न सक्छ ? आफ्ना मनका कुराहरु भन्नु भयो भने त उसले पनि तपाईंलाई जान्ने मौका पाउँछ । तपाईंहरुको सम्बन्ध पनि दिन बित्दै गएसँगै झन् झन् पक्रँदै जान्छन् ।

स्पष्ट रहनेः

सम्बन्धमा दुबै पार्टनरबीच स्पष्टता हुन जरुरी छ । यसबाहेक पनि दुबै जना आफ्नो भविष्यबारे स्पष्ट हुनुपर्छ । यसले दुबै जनामा कुनै द्विविधा रहन्न अनि सम्बन्ध अगाडि बढ्न सक्छ ।

सीमा तय गर्ने:

हरेक सम्बन्धमा हरेक व्यक्तिलाई उसको स्पेश दिनुपर्छ, पाएको हुनु पर्छ । जो व्यक्तिले सम्बन्धमा एक अर्कालाई स्पेश दिन्छन् उनीहरुको सम्बन्ध निकै स्वस्थ हुन्छ । कहिलेकाहीँ एक्लै पनि समय बिताउनुस् । आफ्नो लागि पनि केही समय निकाल्नुस् । पार्टनरलाई पनि सोको समय दिनुस् ।

आशा / अपेक्षाः

सम्बन्धमा स्थिरता निकै जरुरी छ । तपाईं अनि तपाईंको पार्टनरको व्यवहार स्थिर भयो भने एक अर्कासँग आशा अपेक्षा राख्न सक्नुहुन्छ । तर जुन सम्बन्ध स्थिर छैन, त्यसमा पार्टनरहरुलाई एक अर्कासँग केही आशा हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप