आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शर्माद्वारा भूकम्पका घाइतेलाई आर्थिक सहयोग

सोमबार, १७ वैशाख २०८१, १५ : १९
सोमबार, १७ वैशाख २०८१

बाँके। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्पमा घाइते भई उपचाररतहरुसँग भेट गरेको छ । राहत सामग्री लिएर प्रभावित स्थल हिँडेको शर्मा नेतृत्वको टोलीले सोमबार भेरी अञ्चल अस्पतालमा उपचाररत घाइते तथा परिवारजनसँग भेटवार्ता गरेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो । 

आफूसहित महासचिव बुद्धि सुवेदी, निवर्तमान अध्यक्ष रविना थापा, युरोप महिला संयोजक गीता खनाल थापा, अभियन्ताहरु शनि कुमार ओली, ओम शर्मालगायतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको शर्माले जानकारी दिए । सो क्रममा केही घाइतेहरूलाई उपचार र बसोबासमा सहज होस् भन्ने अभिप्रायका साथ आर्थिक सहयोग समेत गरेको बताइएको छ । शर्मा नेतृत्वको टोलीले गरेको सहयोगपछि उनीहरूले खुसी व्यक्त गरेका थिए । 

घाइतेहरूलाई भेटेर टोली प्रभावित स्थल जाजरकोट र रुकुम पश्चिम पुग्ने कार्यक्रम रहेको छ । एनआरएनएको टोलीले आइतबार नै भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री काठमाडौँबाट पठाएको थियो ।  

963caf3b-da30-416f-af2e-ed1248c853d2

 १० करोडको विपद् कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बलसहित प्रभावित स्थानमा पठाएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए । यसअघि शनिबार जुममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरूले विपद् उद्धार कोषमा सहयोग गर्ने रकम पनि घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५सहित विभिन्न व्यक्तिहरूले रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

सोहीअनुसार आइतबार गाडीमार्फत पठाइएको राहत सामग्री वितरण र त्यहाँको अवस्थाबारे जानकारी लिन सोमबार शर्मासहितको टोली नेपालगन्ज हुँदै प्रभावित स्थलतर्फ लागेको हो । एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्धार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए । सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगायतका कामहरू गर्ने बताएकाले सरकारको नियम अनुसार नै आफूहरूले काम गर्ने पनि अध्यक्ष शर्माको भनाइ छ ।

शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट हालसम्म १५३ जनाको मृत्यु भएको छ भने कैयन भौतिक संरचनाहरूमा क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप