आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशसभा : भूकम्पबाट ज्यान गुमाउनेहरूप्रति शोक प्रस्ताव पारित

सोमबार, २५ मङ्सिर २०८०, १५ : ३६
सोमबार, २५ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकले कर्णाली प्रदेशमा गएको भूकम्पमा परी मृत्यु भएका नागरिकको शोकमा शोक प्रस्ताव पारित गरेको छ । 

प्रदेशसभाको बैठकले घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहतको लागि सबै पक्षलाई आव्हान पनि गरेको छ । गत शुक्रवार कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप