आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लाभकारी फर्सीको बियाँ

सोमबार, २५ मङ्सिर २०८०, १५ : ४५
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । पाकेको फर्सी खाएपछि त्यसको बियाँ के गर्नु हुन्छ ? गुँदी सफा गर्दा बियाँ पनि फ्याँकिदिनु हुन्छ ? 

तपाईँलाई थाहा छ फर्सीको बिउँमा पोषक तत्त्व भरपुर पाइन्छ । यसको नियमित प्रयोगको फाइदा थाहा पाउनु भयो भने तपाईँले पनि बियाँ फ्याँक्न छाड्नु हुनेछ । फर्सीको बियाँमा प्रोटीन, फ्याट, फाइबर, म्यागजिन, कपर म्याग्नेशियम, फोस्फरस, जिंक, आइरनजस्ता महत्त्वपूर्ण खनिज पाइन्छ । नियमित रुपमा यसलाई खाँदा शरीरमा मिनरल्सको अभाव हुन्न । यसका अन्य कयौँ फाइदा पनि छन् । यीमध्ये केही यस प्रकार छन्:

ब्लड सुगर कम गर्न उपयोगी

केही अनुसन्धानहरूले के देखाएका छन् भने फर्सी र फर्सीको बिउँ खाँदा ब्लड सुगरका मात्रा कम हुन्छ । नियमित रुपमा दिनमा ६५ ग्राम फर्सीको बियाँ खाने वयस्कहरूले कार्बोहाइड्रेड्स धेरै भएको भोजन गर्दा पनि ब्लड सुगरको स्तर कम रहेको एउटा अनुसन्धानमा पाइएको थियो । अर्को एउटा अनुसन्धानमा भने फर्सीको बियाँमा पाइने खनिज म्याग्नेशियमको नियमित २८ वर्षसम्म सेवन गर्दा मधुमेहको खतरा १५ प्रतिशतसम्म कम हुन्छ ।

मुटु स्वास्थ्य हुन्छ

फर्सीको बियाँ एन्टिअक्सिडेन्ट्स, म्याग्नेशियम, जिंक र अनस्याचुरेटेड फ्याटको राम्रो स्रोत हो । यी सबै पोषक तत्त्वले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा पाइने तेलले रक्त चाप र कलस्ट्रोलको स्तर घटाउँछ । यसले मुटुसम्बन्धी रोगको खतरा कम हुन्छ ।

वीर्यको स्तरमा सुधार

जिंकको अभाव हुने पुरुषमा वीर्यको स्तर राम्रो हुन्न । जसले गर्दा ती पुरुषमा बाँझोपनाको समस्या बढ्न सक्छ । फर्सीको बिउँ जिंकको राम्रो स्रोत हो । यसको सेवनले वीर्यको स्तरमा सुधार आउन सक्छ ।

निद्रामा सुधार

फर्सीको बियाँको उपभोगले निद्राको स्तरमा सुधार आउँछ ।  तपाईँलाई राम्रोसँग निद्रा लाग्दैन भने सुत्नु अघि ८–१० ओटा फर्सीको बियाँ खानुस् । यसमा ट्राइप्टोफाम नामक एमिनो एसिड हुन्छ । यसले निद्राको स्तर सुधार्छ ।

अपचबाट छुट्कारा

फर्सीको बिउँमा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसको सेवन गर्दा पाचन राम्रो हुन्छ, अपचको समस्याबाट छुट्कारा मिल्छ । फर्सीको बिउँले मोटोपनलाई पनि घटाउँछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप