आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउन थाल्यो

सोमबार अपराह्नसम्म दुई करोड २२ लाख
सोमबार, २५ मङ्सिर २०८०, १७ : २९
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।

सोमबार अपराह्नसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कार्यालयका आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार सहयोगी रकम आउने क्रम जारी छ । उनले भने,‘ आज दिउँसो चार बजेसम्म जम्मा भएको रकमको विवरण यही हो, आउने क्रम जारी होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप