आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भूकम्पपछि जाजरकोटमा सडक अवरुद्ध, एक महिला घाइते

सोमबार, २५ मङ्सिर २०८०, १८ : ०६
सोमबार, २५ मङ्सिर २०८०

जाजरकोट। सोमबार (केहीबेर अगाडि) गएको भूकम्पका कारण भेरी कोरिडोर सडक अवरुद्ध भएको छ। भेरी नगरपालिका–१, रिम्नामा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दियो ।

अहिले खुलाउनका लागि पहल भइरहेको जाजरकोट प्रहरीले जनाएको छ।

साथै भेरी नगरपालिका–१ कै रावत गाउँमा एक जना घाइते भएको कुरा पनि आएको प्रहरीले जनाएको छ।

प्रहरीको सञ्चार शाखाका अनुसार एक महिला भूकम्प आएको समयमा घरको दोस्रो तलाबाट हाम फाल्दा घाइते भएको सञ्चार शाखाले रातोपाटीलाई जानकारी दिएको छ । यद्यपि अन्य विवरणहरू भने आउने क्रम जारी रहेको प्रहरीको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप