आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

म्याथ्युजको अनौठो आउट र चरिथको सतकपछि श्रीलंकाले बंगलादेशलाई दियो २८० रनको लक्ष्य

सोमबार, २५ मङ्सिर २०८०, १८ : १२
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको सोमबारको खेलमा श्रीलंकाले बंगलादेशलाई जितका लागि दुई सय ८० रनको लक्ष्य दिएको छ । भारतको राजधानी सहर दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९‍.३ ओभरमा अलआउट हुनुअघि दुई सय ७९ रन बनाएको हो । 

पालीको खराब सुरुआत गरेको श्रीलंकाका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान चरिथ असालाङ्काले उत्कृष्ट सतकीय पाली खेले । उनले टोलीका लागि एक सय आठ रनको योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले एक सय पाँच बलको सामना गरी पाँच छक्का र ६ वटा चौका हिर्काएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको दोस्रो सतक हो । 

केवल ७२ रनको स्कोरमा तेस्रो विकेट गुमाएको श्रीलंकालाई त्यसपछि चरिथ र सदिरा समिराविक्रमाले सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए । सदिराले टोलीका लागि ४१ रनको योगदान गरे । उनले पेभेलियन फर्किनुअघि ४२ बलको सामना गरी चार चौका हिर्काएका थिए ।

श्रीलंकाका लागि धनन्जय डी सिल्भाले पनि ३४ रन बनाए । उनले ३६ बलमा एक छक्का र चार चौका हिर्काएका थिए । त्यसअघि कप्तान कुशल मेन्डिस १९ रन बनाउँदै आउट भएका थिए । छैठौँ नम्बरका क्रिज समाल्न आएका ब्याट्सम्यान एन्जेलो म्याथ्युज भने अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक अनौठो तरिकाले आउट हुँदै पेभेलियन फर्किएका थिए ।

म्याथ्युजलाई ‘टाइम आउट’ घोषणा गरिएको हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानलाई यस्तो आउट दिइएको थिएन । श्रीलंकाली ब्याट्सम्यान सदिरा सामराविरा आउट भएपछि अर्का ब्याट्सम्यान म्याथ्युजले मैदानभित्र प्रवेश गर्न विलम्ब गरेकाले उनलाई पनि ‘टाइम आउट’ दिइएको हो ।

आईसीसीको नियमअनुसार, एउटा ब्याट्सम्यान आउट भएको तीन मिनेटभित्र अर्को ब्याट्सम्यान मैदानभित्र प्रवेश गरिसक्नु पर्ने हुन्छ । नियमअनुसार, आउट भएका खेलाडीको स्थान लिन आउने ब्याट्सम्यान तीन मिनेटभित्र क्रिजमा पुगिसकेको हुनुपर्छ । 

त्योभन्दा ढिलो मैदान प्रवेश गर्ने ब्याट्सम्यानलाई ‘टाइम आउट’ दिइन्छ । सोही प्रावधान अनुसार म्याथ्युजलाई आउट दिइएको हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो आउट दिइएको थिएन । यो आउटको श्रेय बलरलाई भने दिइँदैन ।

श्रीलंकाली टोलीका लागि महिश थाक्सिनाले पनि टोलीका लागि २१ रनको योगदान गरे । उनले पेभेलियन फर्किनुअघि ३१ बलमा तीन चौका प्रहार गरे । श्रीलंकाली टोलीले अतिरिक्त रुपमा ६ रन पाएको थियो ।   

बंगलादेशी टोलीका बलर तान्जिम हसन सकिबले तीन विकेट कुम्ल्याए । उनले १० ओभरमा ८० रन खर्चिएका थिए । सकिब अल हसनले दुई विकेट लिए । सोरिफुल ईस्लामले पनि दुई विकेट हात पारे । मेहदी हसन मिराजले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप