आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितका लागि एमालेले राहत सामग्री वितरण गर्ने

सोमबार, २५ मङ्सिर २०८०, १८ : २८
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । नेकपा (एमाले)ले जाजरकोटको भूकम्प परी घरबार विहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ ।

पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितहरुका लागि राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको हो । केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पको विपत्तिमा परेकाहरुलाई सहयोग गर्नका केन्द्र अग्रसर भएको हो ।

केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नुन जस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी जाडोबाट पीडितलाई बचाउनका लागि कम्बल र टेन्ट पनि वितरण गर्न लागिएको दुगडले जानकारी दिए ।

दुगडका अनुसार राहताका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौँमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङ लगायतका ठाउँमा खरिद गरिएको छ ।

पहिलो चरणको राहत सामग्री दुईदिन भित्र पिडितहरुसम्म पुर्‍याउने तयारी भएको छ । दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले जानकारी दिए । दुई चरण गरेर १ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने तयारी एमालेले गरेको छ ।

भूकम्पको भोलिपल्टै अर्थात कात्तिक १८ गते देखि नै एमालेका नेता, कार्यकर्ता तथा जनप्रतिनिधीहरु पीडितको उद्धार र राहतका लागि खटिरहेका छन् ।  

गत कात्तिक १७ गते राती ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्र भएको आएको ६।४ रेक्टर स्केलको भूकम्पले १५३ जनाको ज्यान गएको थियो भने सयौँ घाइते छन् । यसैगरी सयौँ घरहरु भत्किएर मानिसहरु घरबार विहीन भएका छन्। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप