आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

सोमबार, २५ मङ्सिर २०८०, २० : ४७
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । आज २०८० कार्तिक २० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा जाजरकोटमा फेरि भूकम्प, युरोप भ्रमण छाडेका राष्ट्रपति भूकम्प प्रभावित क्षेत्र जाने, राहत सामग्रीको पर्खाइमा भूकम्प प्रभावित, कोशीमा एमाले प्रतिपक्षी बेञ्चमा बस्ने तर विश्वासको मत कायमै, मुख्य सिजनमै चिनीको अभाव, भूकम्प गएको तीन दिनपछि समाजवादी मोर्चाले ग¥यो सहयोगको अपिल, भूकम्पकै बिच लुम्बिनीका मुख्यमन्त्री विदेशतिर, माओवादी केन्द्रको सडक संघर्षका कार्यक्रम स्थगित लगायत छन् ।

१. जाजरकोटमा फेरि भूकम्प 

जाजरकोटमा सोमबार फेरि भूकम्प महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । लगत्तै ४.५ म्याग्निच्युडको अर्को धक्का पनि महसुस भएको थियो ।

२. युरोप भ्रमण छाडेका राष्ट्रपति भूकम्प प्रभावित क्षेत्र जाने

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न युरोप भ्रमण स्थगित गरेका छन् । उनी मंगलबार भूकम्प प्रभावित क्षेत्र जाने भएका छन् । 

३. राहत सामग्रीको पर्खाइमा भूकम्प प्रभावित

सरकारले भूकम्प प्रभावितलाई एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । यद्यपि, भूकम्प प्रभावित परिवार भने तत्काल गाँस, बास र कपासको खाँचो रहेको भन्दै आफूहरुको जनजीवन कष्टकर बनिरहेको बताउँछन् ।

४. कोशीमा एमाले प्रतिपक्षी बेञ्चमा बस्ने तर विश्वासको मत कायमै

कोशी प्रदेशमा नेकपा एमाले प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । आफ्नै समर्थनमा कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन भूमिका निर्वाह गरेको एमाले अन्ततः प्रतिपक्षी बेञ्चमा बस्ने भएको हो । तर सरकारलाई दिएको विश्वासको मत भने कायमै राख्ने निर्णय एमालेले गरेको छ ।

५. मुख्य सिजनमै चिनीको अभाव

अत्यधिक खपत हुने समयमै बजारमा चिनीको अभाव देखिएको छ । बजारमा चिनी अभाव देखाउँदै कालोबजारी भइरहेको छ । 

६. भूकम्प गएको तीन दिनपछि समाजवादी मोर्चाले ग¥यो सहयोगको अपिल

सत्तारुढ दल आबद्ध समाजवादी मोर्चा भूकम्प गएको तीन दिनपछि बिउँझिएको छ । जाजरकोटमा केन्द्रबिन्दु भएर शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प गएको तीन दिनपछि मोर्चाले बल्ल भूकम्प प्रभावितहरुलाई सहयोग गर्न विज्ञप्ति निकालेर आह्वान गरेको छ ।  

७. भूकम्पकै बिच लुम्बिनीका मुख्यमन्त्री विदेशतिर

शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाँदा त्यसको असर लुम्बिनी प्रदेशसम्म परेको छ । भूकम्पबाट लुम्बिनी प्रदेशको रोल्पामा २ जना घाइते भएका छन् । यसैगरी प्युठानमा ३ जना, अर्घाखाँचीमा एक जना घाइते भएका छन् । रुकुम पूर्व, दाङ, रोल्पालगायत लुम्बिनी प्रदेशका जिल्लाका सर्वसाधारणको भौतिक संरचनामा क्षति पुग्दा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने यतिबेला विदेश घुमघाममा व्यस्त रहेका छन् ।

८. माओवादी केन्द्रको सडक संघर्षका कार्यक्रम स्थगित

सत्तारुढ नेकपा माओवादी केन्द्रले मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव  गुरुङका अनुसार पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको बताए ।

९. तुलसी बहुउद्देश्यीय सहकारीमा छापा

बचतकर्ताको ४१ करोड ६३ लाख रुपैयाँ हिनामिना गर्ने तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको कर्पोरेट कार्यालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले छापा मारेको छ । समितिका सदस्यसचिव केशव पौडेल नेतृत्वको टोलीले सोमबार सहकारीको विराटनगरको बरगाछीस्थित कर्पोरेट अफिसमा छापा मारी महत्त्वपूर्ण कागजात जफत गरेको हो ।

१०. भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन दबाब

भैरहवा विमानस्थलमा हाल हप्ताको एक दिनमात्र अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । स्थानीय व्यवसायीहरुले अन्तर्राष्ट्रिय उडान बढाउन दबाब दिन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप