आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रोपटक भूकम्प : आठबीसकोटमा चारजना घाइते

सोमबार, २५ मङ्सिर २०८०, २२ : ४८
सोमबार, २५ मङ्सिर २०८०

त्रिवेणी । साेमबार पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् । दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८  रेक्टर स्केलको भूकम्प आउँदा  नगरपालिकाका चारजना घाइते भएका हुन् । 

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रबि केसीले जानकारी दिए । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ ।  भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् ।

आज पनि जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप