आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मध्यरातमा लुटपाट आरोपमा असईसहित ३ जना प्रहरी पक्राउ

मङ्गलबार, १८ वैशाख २०८१, ११ : २६
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरलाई पक्राउ गरेर थुनामा राखिएको छ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत ३ जना प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन् । सिआरभी (कन्ट्रोल रुम भेहिकल)मा ड्युटी गर्दा दुई साताअघि उनीहरूले लुटपाट गरेको आरोप छ । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरी कन्ट्रोलमा फोन गरेर कम्प्लेन गरेका हुन् । लुटमा संलग्नहरूलाई पक्राउ गरेर निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ती अधिकृत भन्छन्–‘पीडितहरू जाहेरी दिन नआएपछि सार्वजनिक हित विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप